अर्घाखाँचीको ऎतिहासिक धरोहर बल्कोट पौवा ओझेलमा । - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

अर्घाखाँचीको ऎतिहासिक धरोहर बल्कोट पौवा ओझेलमा ।



कमल विष्ट/अर्घाखाँची
अर्घाखाँची जिल्लामा रहेका केही ऎतिहासिक स्थान मध्य छत्रदेव गाउँपालिका-२ मा अवस्थित बल्कोट पौवा पनि एक हो, परशुरामेश्वर गुठी अन्तरगत परशुरामेश्वर मन्दिर र पौवाले त्यस क्षेत्रको इतिहास बोकेको छ । यसको इतिहास जङ्ग बहादुर राणा सङ्ग जोडिएको स्थानीय बासीको विश्वास रहिआएको पाइन्छ तर लामो इतिहास बोकेको अर्घाखाँची जिल्लाको पूर्व बल्कोटमा पर्ने ऐतिहासिक पौवा सबैको ब्यवास्ताका कारण ओझेलमा त परेको छ नै पौवा र मन्दिर जीर्ण समेत हुँदै गएका छन् ।

धेरैजसो राजनीतिक भेटघाट र कार्यक्रमहरू हुँदा यश क्षेत्रको विकासका लागि पहल गर्ने सबै राजनीतिक दलका नेताहरूले बोलेपनी यसको संरक्षणमा कसैको ध्यान नगएको प्रति स्थानीय युवा यज्ञ प्रसाद सापकोटाले गुनासो गरे। उनलेे थपे बल्कोटको पौवाको अथाह सम्पत्ति राजनीतिक संरक्षणमा निजीकरण गर्दै लगिएको बताए केही मात्रामा रहेको भौतिक संरचना पनि संरक्षणको अभावमा जिण् बन्दै गएको सापकोटाले बताएका छन् पौवा संरक्षण एवम् क्याम्पस खोल्नको लागि केही वर्ष पहिला डा गोविन्द टण्डनको अध्यक्षतामा पण्डित दिनबन्दु पोखरेल को प्रवचनमा महायज्ञ लगाएर करोडौं पैसा उठेको भएता पनि अहिलेसम्म त्यो पैसाको उचित सदुपयोग नभएको गुनासो पोखे अझैसम्म पनि कति पैसा उठ्न बाकी रहेको भनी हल्ला भएता पनि सम्बन्धित पक्ष बाट कसैलाई पनि जानकारी नगराएको प्रति गुनासो पोखे ।

सामाजिक काममा सक्रिय युवा सापकोटाले स्थानीय चुनाव मार्फत जनप्रति निधिहरू चुनिएर आए पनि यसप्रति कसैले पनि अहिलेसम्म आवाज नउठाएको बताएका छन् यसै अनुरूप अगाडि बढ्ने हो भने पुराना ऐतिहासिक संरचना र संस्कृतिहरू धरापमा पर्ने भन्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्न यसको अगुवाइ युवाहरूले गर्नुपर्ने बताएका छन्। आफू यस कार्यमा लागि परिरहेको र आगामी दिनमा पनि लागि पर्ने बताउँदै यस क्षेत्रका देश विदेशमा रहेका सम्पूर्ण युवाहरू लाई सहयोग र संरक्षणको लागि एकजुट हुन आग्रह गरेका छन् ।