बल्खुको तरकारी बजारमा मन्त्रीको छापा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बल्खुको तरकारी बजारमा मन्त्रीको छापा



कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका बाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।

उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसहित यादव सोमबार बिहान पाँच बज्नुअघि नै बल्खुस्थित बजार पुगेका थिए । केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्य अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यवसायीले घेरा हालेर भित्रै थुनेका थिए । पुनः त्यस्तै घटना हुन सक्ने आशंकामा बल्खु बजार क्षेत्रमा सुरक्षा कडा पारिएको थियो । अनुगमनका क्रममा तरकारीको खरिब मूल्य स्पष्ट भएको बिल देखाउन नसक्दा तरकारी लोड गरिएको एउटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

यादवमा स्वकीय सचिव सन्तोष विष्टले सबै प्रकारका अनियमितता र बेथितिलाई शून्यमा नझारेसम्म अनुगमन नरोकिने काठमाण्डुटुडेलाई बताए । ‘यो देखाउन र रातारात चर्चित बन्ने रहरले गरिएको होइन’, विष्टले भने, ‘अबदेखि क्यालेण्डर बनाएरै समय समयमा अनुगमन भइराख्छ ।’ मन्त्री यादवले कालिमाटी बजारको अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गरेपछि काठमाण्डु उपत्यकामा तरकारीको मूल्य २० देखि ३० प्रतिशतसम्मले घटेको छ ।