बलिङ गर्दै वेस्ट इन्डिज - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बलिङ गर्दै वेस्ट इन्डिज



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ट्रेन्ड ब्रिज स्टेडियममा केही बेरमा वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियालले ब्याटिङ गर्नेछ । आज हुने खेलमा दुवै टोली दोस्रो जितको लक्ष्यसहित मैदान उत्रने छन् ।

तुलनात्मक रुपमा वेस्ट इन्डिज अस्ट्रेलिया भन्दा केही कमजोर छ । पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने लक्ष्यमा हुनेछन् ।
पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै वेस्ट इन्डिजले पनि पाकिस्तानलाई ७ विकेटले हराएको थियो । वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको पछिल्ला ५ भेटमा अस्ट्रेलिया ४ खेलमा जित निकालेको छ भने वेस्ट इन्डिजले एक जित निकालेको छ ।