तिहारका लागि नृत्य सिक्न गएकी बालिका बलात्कृत
काठमाडौं । तिहारका लागि नृत्य सिक्न गएकी इटहरी १० की एक बालिका बलात्कृत भएकी छन् । दशैँ अघिनै स्थानीय राज कल्वले तिहारका लागि नृत्य सिकाउन थालेको थियो ।
बुधबार घर नजिकैको कल्बमा नृत्य सिक्न गएकी बालिकालाई नृत्य सिकाउने गुरु २१ वर्षीय नवीन विकले नृत्य गरिरहेको बेला साउन्डले गर्दा केहि सुनिएन तिमी सँग काम छ भन्दै बाहिर निकालेका थिए ।
नजिकै रहेको दुर्गा मन्दिर छेउमै लगेर उनले प्रस्ताव गरे तर ति बालिकाले अस्वीकार गर्दा हल्ला गरे ढुङगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरेकाे बालिकाले प्रहरी समक्ष बताएकी छन् ।