वडाध्यक्षका छोराले नै बालगृहमा बस्ने बालिकालाई बलात्कार गरेपछि... - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

वडाध्यक्षका छोराले नै बालगृहमा बस्ने बालिकालाई बलात्कार गरेपछि…



काठमाडौं- रुकुमको आठबिसकोटको एक बालगृहमा बस्दै आएकी एक बालिकाले वडाध्यक्षका छोराले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

आठबिसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै १५ वर्षीया बालिकाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

जाहेरीमा ती बालिकाले आफ्नो पेटमा आठ-दश हप्ताको बच्चा हुर्किरहेको पनि उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए । आठबिसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा पनि बालिकाको पेटमा ९ देखि १० हप्ताको बच्चा हुर्किरहेको पाइएको छ ।

बालिकाको उजुरीपछि आरोपी कुश्माखरको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा सोधपुछका लागि वडाध्यक्ष समेत रहेका उनका बुबा र आमालाई प्रहरी कार्यालयमा बोलाइएको शाहीले बताए । उनले घटनाबारे थप बुझ्ने काम भइरहेको बताए ।