बालेनलाई प्रचण्डले भने: तपाईंले क्रान्ति गर्नुभयो, हाम्रो साथ र सहयोग हुनेछ - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बालेनलाई प्रचण्डले भने: तपाईंले क्रान्ति गर्नुभयो, हाम्रो साथ र सहयोग हुनेछ



काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

निर्वाचन सकिएर पदभार ग्रहण गरेलगत्तै प्रमुख दलका शिर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका मेयर शाह प्रचण्डनिवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेका हुन् ।

भेटमा शाहले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफ्नो पार्टीको पुरै सहयोग रहने वचन दिएको बताइएको छ ।

भेटमा प्रचण्डले यो एउटा क्रान्ति नै भएको भन्दै नयाँ तरिकाले काम गर्न सुझाव दिएको बताइएको छ । “तपाईँको जित बहुत ठूलो कुरा हो, यो एउटा क्रान्ति नै हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग मिलेर अरू पार्टीलाई गाली गर्ने चलन थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो निकै शराहनिय छ त्यसैले हाम्रो सधैभरी साथ र सहयोग हुनेछ।” प्रचण्डले भनेका थिए ।

काठमाडौंको फोहर व्यवस्थापन र सडक व्यवस्थापन गर्न शाहले विभिन्न मन्त्रालय र स्थानियहरूसँग छलफल गरिरहेका छन् ।