बलेफी हाइड्रोले खोल्यो १८ लाख बढी कित्ता आइपिओ - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

बलेफी हाइड्रोले खोल्यो १८ लाख बढी कित्ता आइपिओ



काठमाडौं। सिन्धुपाल्चोकको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि बिक्री खुल्ला गरेको हो।

कम्पनीको जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अङ्कित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता निष्कासन गरिएको छ।

यस्तै आयोजनाको १३२ के भि प्रशारण लाइनबाट प्रभावित योग्य कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको बडा नं ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आइपिओ निष्कासन गरिएको हो।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट कार्यालयबाट आवेदन दिन सक्नेछन्।