'मेरी बास्सै'बाट बल्छी धुर्बे र राजु मास्टर बाहिरिए - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

‘मेरी बास्सै’बाट बल्छी धुर्बे र राजु मास्टर बाहिरिए



काठमाडौं : हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्।

निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा ‘मेरी बास्सै’बाट अलग भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्ने बुढा)ले टेलिश्रृङ्खला छोडेसँगै उनी दुईले दर्शक हसाउँदै आएका थिए। टेलिश्रृङ्खला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्।

दुवै जना अब नयाँ टेलिश्रृङ्खलामा देखिने चर्चा छ।