बालबालिकाको स्वास्थ्य समाधानको उपयुक्त मोडेल :डा .रवीन्द्र पाण्डे - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बालबालिकाको स्वास्थ्य समाधानको उपयुक्त मोडेल :डा .रवीन्द्र पाण्डे



१. सरसफाई : समय/समयमा नुहाइदिने, नङ/कपाल काटिदिने, सफा कपडा लगाइदिने, औंला चुस्न नदिने, खाना खाँदा वा मुखमा हात राख्नु अघिं राम्रोसँग हात धोइदिने, सफा बिस्तारा प्रयोग गर्ने आदि सजगता अपनाउँदा बालबालिका बिरामी हुने सम्भावना निकै कम हुन्छ ।

२. पोषण : सकभर ६ महिनासम्म आमाको दुधमात्र खुवाउने, बहुप्रकारका गेडागुडी मिसाएर आफै लिटो बनाउने, जाउलोमा सागका मुन्टा, कुरिलो आदि पोषिलो सागसब्जी आदि मिसाउने, प्रत्येक दिन सम्भव भएसम्म सागपात, फलफुल,दाल, गेडागुडीको रस, दूध, अण्डा, माछा/मासु, बहुप्रकारका अन्न आदि सेवन गराउने ! हरेक खाना सफा तथा पानी उमालेको मात्र प्रयोग गर्ने ।

३. बिरामी भएमा सुरुमा घरेलु उपचार गर्ने ! जस्तै चिसोजन्य मौसममा ज्वानो, अदुवा, बेसार, कागतीको रस पकाएर खुवाउने ! पखाला लाग्दा जीवनजल पानी खुवाउने ! यसबाट धेरैलाई निको हुन्छ ! प्राथमिक उपचारका सामान अर्को विकल्प हुन्छ।

४. सकभर बालबालिकालाई परामर्श सेवा लिने ! परामर्शबाट खानपिन एवम् रोग रोकथामका उपायमार्फत औषधि आवश्यक नपर्न सक्छ ।

५. यति गर्दा पनि निको नभएमा सकभर आयुर्बेद औषधि प्रयोग गर्ने ! जस्तै रुघा, खोकी, अपच, खाना नरुच्ने, पखाला, भाइरल रोग लगायत समस्यामा यो प्रभावकारी हुन्छ।

६. बालबालिकाको धेरैजसो समस्यामा एन्टिबायोटिक जस्ता कडा औषधि आवश्यक हुँदैन\ तसर्थ चिकित्सकसंग सम्पर्क गरी लाक्षणिक उपचार गर्ने\ त्यसबाट निको नभएमा सम्बन्धित बिशेषज्ञसंग उपचार गर्ने।

७. बालबालिकालाई स्वच्छ वातावरणमा खेल्न प्रोत्साहित गर्ने।

८. टेलिभिजन, कम्प्युटर, मोबाइल आदिमा बढी समय बिताउन नदिने ।

९. बालबालिकासंग शान्त तथा सकारात्मक वातावरणमा व्यवहार गर्ने।

१०. रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सर्वोत्तम हो। तसर्थ स्वस्थ राख्ने उपायहरू, खोप आदिको सही रूपमा प्रयोग गर्ने ।

डा .रवीन्द्र पाण्डे, जनस्वास्थ्य ( प्रजनन तथा बालस्वास्थ्य ) बिशेषज्ञ हुन् ।