५२ बालबालिका हराए - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

५२ बालबालिका हराए



काठमाडौं । पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल र साथीसंगतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी सहायक निरीक्षक संगिता अधिकारीले बताउनुभयो । हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर ४ बालिका र ११ बालक अझै फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४/७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको र बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न संघसंस्थाको जिम्मा लगाइएको थियो ।