प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक र अन्य बलात्कारी पक्राउ - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक र अन्य बलात्कारी पक्राउ



काठमाडौं – रुपन्देहीमा गत २ असारको राति एक युवतीमाथि भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको गैडहवा गाउँपालिका-८ का २२ वषर्ीय विष्णु थारु छन् । पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि थारी फरार थिए । उनलाई रुपन्देहीको सूर्यपूरा इलाकामा लुकिछिपी बसिरहेका बेला शनिबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए । चौधरीमाथि जबर्जस्ती करणीमा मुद्दा चलाउने तयार प्रहरीको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका थिए । मुख्य आरोपी थारुले गत २ असारमा दुई युवतीलाई खाजा खान बजार लगेका थिए । फर्कंदा रातिको समयमा उनले दुईमध्ये एकमाथि बलात्कार गरेका थिए । उनले बलात्कार गर्ने योजनामै युवतीलाई मादक पदार्थ सेवन गराएका थिए । साथी बलात्कारमा परेपछि गुहार माग्दै भागेकी अर्की युवतीमाथि प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ज्ञवालीसहित दर्जन बढीले सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारमा परेका मध्ये एक युवती विवाहित र अर्की अविवाहित हुन् । युवतीहरुको स्वास्थ्य परीक्षणबाट समेत बलात्कार भएको पुष्टि भएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुको स्वास्थ्य परीक्षणका लागि गाउापालिकाले जनही १० हजार रुपैयाा दिएको छ ।