बलात्कार गर्ने चार जनालाई गोली हानेर मारियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बलात्कार गर्ने चार जनालाई गोली हानेर मारियो



काठमाडौं- हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले शुक्रबार बिहान गोली हानेर मारेको छ।

गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो।

शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको थियो त्यस क्रममा अभियुक्तलाई प्रहरीलाई आक्रमण गरे भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ।

हैदरावादको शादनगरकी २६ वर्षीया पशु चिकित्सक पोतुला प्रियंका रेड्डी गत साताको बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्। उनी जाँदै गरेकी स्कुटरको टायर पन्चर भयो। त्यसपछि उनले स्कुटर नजिकैको एउटा प्लाजामा छाडेर घर फर्किने निर्णय गरिन्।

रातको ९ बजिसकेको थियो। उनलाई डर लागिरहेको थियो। यत्तिकैमा एक जना ट्रक चालक आएर म स्कुटर ब बनाउन सहयोग गर्छु भन्यो। उनले इन्कार गरिन्। तैपनि त्यो ट्रक चालकले पिछा गरिरह्यो।

यो कुरा उनले आफ्नी बहिनीलाई फोनमा जानकारी गराइरहेकी थिइन्। तर एकछिनपछि ती चित्सिक महिलाको फोन स्वीच अफ भयो। उनी हराइन्। छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे।

प्रहरीले खोजी थाल्यो। रातभरि केही पत्ता लागेन। बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए। प्रहरी घटनास्थलमा पुग्यो। त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो।

प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए।