बलात्कार गर्न खोजेको आरोपमा तीन जना पक्राउ - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बलात्कार गर्न खोजेको आरोपमा तीन जना पक्राउ



दार्चुला । दार्चुलामा २१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तीनजना नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा नौगाड गाउँपालिका ३ का ३५ वर्षीय विक्रमसिह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् ।

पीडित महिलाले जेठ १५ गते मंगलबार प्रहरी चौकी दल्लेखमा बलात्कार प्रयास भएको भन्दै उजुरी दिएकी थिइन् । प्रहरी चौकी दल्लेखले पीडितको उजुरीलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएपछि बुधबार राती तीनै जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्सपेक्टर लालबहादुर साउँदले जानकारी दिए ।

प्रहरीले उजुरीको आधारमा विहीबार जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरेको छ । जिल्ला अदालतबाट थप अनुसन्धानको लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको जेठ १६ गते राति जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको छ ।