बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोरलाई ५ वर्ष जेल - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोरलाई ५ वर्ष जेल



गाईघाट । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालतले पाँच वर्षको कारागार सजाय सुनाएको छ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए। दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन्। रासस