बलात्कारबाट गर्भवती भएकी महिलाको झुण्डाएर हत्या प्रयास - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

बलात्कारबाट गर्भवती भएकी महिलाको झुण्डाएर हत्या प्रयास



बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् ।उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ । वेहोस अवस्थामा प्रतिष्ठानको प्रसुति विभागमा फागुन २८ गते पुर्‍याइएकी ति महिलाको गर्भबाट चिकित्सकले करिव नौ महिनाको मृत बच्चा निकालेका थिए ।

उनी फागुन २५ गते प्रकाशपुरबाट हराएकी थिइन् । उनी हराएको दुई दिनपछि मोरङको भाउन्नेस्थित जंगलमा घाँस दाउराका लागि जंगलमा आएका स्थानीय महिलाले वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेर उद्धार गरिएको थियो । बलात्कारमा संलग्न खोजतलास भइरहेका प्रहरीले जनाइएको छ ।

सलको पासो बनाएर जंगलमा घिसार्दै फलामको रडले घाँटी र हातमा प्रहार गरेपछि रुखमा झु्ण्याउने बेलामा घाँसदाउराका लागि जंगल पुगेका महिलाले देखेपछि हत्या गर्न खोज्ने दुवै जना भागेका थिए ।

उनको १४ र ४ बर्षकी छोरी र ९ बर्षका छोरा छन् । उनको पति छ बर्षदेखि सम्पर्कमा छैनन् । पीडित तीन सन्तानसहित बाबुआमासंगै माइतमा बस्दै आएकी छन् ।

मोरङको बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी कट्वालले ज्यान मार्ने उद्योग र पेटको गर्भ मारेको अभियोगमा अपराधीहरुलाई पक्राउ गरेर मुद्दा चलाइने बताए । प्रहरीको अनुरोधमा प्रतिष्ठानले उपचार निशुल्क गरिदिएपनि औषधीमा खर्च भएको १९ हजार रुपैयाँ तिर्न सकेका छैनन् ।