मामाको संलग्नतामा काठमाडौंमै युवतीमाथि सामूहिक बलात्कार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मामाको संलग्नतामा काठमाडौंमै युवतीमाथि सामूहिक बलात्कार



काठमाण्डुको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटना सेलाउन नपाउँदै कलंकीमा युवतीमाथि सामूहिक बलात्कार भएकाे घटना बाहिरिएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो ।

नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।

ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाण्डु नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।