कञ्चनपुरमा फेरि दश वर्षकी बालिका बलात्कृत
कञ्चनपुर – दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।
सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।