९ वर्षीया बालिकालाई सौतेनी दाइ र ४ साथीद्वारा बलात्कार - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

९ वर्षीया बालिकालाई सौतेनी दाइ र ४ साथीद्वारा बलात्कार



भारत प्रशासित कश्मिरको बारामुला जिल्लामा ९ वर्षीया बालिकामाथि अत्यधिक बर्बरताको घटना सार्वजनिक भएको छ ।

पुलिसले बालिकाको अपहरण, सामूहिक बलात्कार र हत्याको मामलामा एक महिलासमेत ६ जनालाई पक्राउ गरेको छ ।

पीडित आरोपी महिलाकी सौतेनी छोरी थिइन्् । महिलाले बदला लिनका लागि आफ्ना छोरा र उनका साथीहरुमार्फत बालिकाको बलात्कार र हत्या गराएको बताइएको छ ।

पुलिसका अनुसार बालिकाकी सौतेनी आमाले आफ्ना १४ वर्षका छोरा र अन्य तीनजनालाई बालिकाको बलात्कार गर्न लगाइन् । बलात्कार हुँदा उनी आफू पनि त्यहाँ उपस्थित थिइन् ।

बालिकाको शव आइतबार जंगलमा भेटियो । बालिकाको अनुहारलाई एसिडले जलाइएको थियो ।

पुलिस अधिकारीले बीबीसीलाई भने, ‘थुप्रै संदिग्धसँग सोधपुछपछि अन्तिममा महिला, उनका छोरा र चार साथीलाई पक्राउ गरिएको हो ।’

सौतेनी आमाले किन यसो गरिन् ?

पुलिस रिपोर्ट अनुसार बारामुलाको उरीमा बस्ने मुश्ताक अहमदले सन् २००३ मा एक स्थानीय महिला फहमिदासँग विवाह गरेकी थिइन् । दुबैको एउटा छोरा जन्मिए । तर सन् २००८ मा मुश्ताकले झारखण्डकी खुश्बुसँग विवाह गरे । खुश्बुले एक छोरीलाई जन्म दिइन् ।

फहमिदाले पुलिसलाई भनिन्, ‘मुश्ताक आफ्नी दोस्रो श्रीमतीसँग धेरै समय बिताउँथे र खुश्बुकी छोरीलाई निकै माया गर्दथे । मलाई यो कुराले निकै रिस उठिरहेको थियो र यसका कारण घरमा अत्यधिक विवाद हुने गर्दथ्यो ।’

पुलिसका अनुसार फहमिदाले मुश्ताकसँग बदला लिनका लागि षड्यन्त्र रचिन् । कम्तीमा पाँच जनाले बालिकाको बलात्कार गरिरहँदा उनी त्यहाँ उपस्थित थिइन् । बलात्कार पछि बालिकाको अनुहारमा एसिड हालियो र उनलाई जंगलमा फ्याँकियो ।

पुलिसले घटनाको १० दिनपछि उनको शव भेटेको हो ।

वरिष्ठ पुलिस अधिकारी इम्तियाज हुसेनका अनुसार सामूहिक बलात्कारपछि बालिकालाई बञ्चरोले हानेर हत्या गरियो । उनले भने, ‘१९ वर्षका एक पुरुषले एक धारिलो चक्कुले उनको आँखा बाहिर निकाले र उनको शरिरमा एसिड हानियो ।’एजेन्सी