पत्रकार बलराम बानियाँको शव भेटियो - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पत्रकार बलराम बानियाँको शव भेटियो



काठमाडौँ- तीन दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

उनी जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हामफालेको खुलेको छ । आज (बुधबार) विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्‍याइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

बानियाँले सोमबार दिउँसो करिव एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् ।

बानियाँ पछिल्लोपटक एक दशक भन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यो भन्दा अघि पनि उनी कान्तिपुर, नागरिक लगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।