सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त



काठमाडौं- कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद्ले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । उनलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरेको हो ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । यसको लागि अध्यादेश जारी भइसकेको छ ।