६ महिने बालकमाथि एसिड खन्याइयो, अवस्था गम्भीर - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

६ महिने बालकमाथि एसिड खन्याइयो, अवस्था गम्भीर



अछाम । जिल्लाको तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै मानिने ‘कोरिसिभ’ केमिकल अनुहारमा फ्याँकेपछि बालकको अवस्था गम्भीर छ । आजको कान्तिपुरमा खबर छ ।

घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै भएको थियो। अरु घरमा कोहि थिएन, आमा देवसरा बयकले भनिन्, म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ । उसलाई निकै गाह्रो भैसकेको थियो। श्रीमान् पनि खेतबारीको काममा निस्केको मौकमा छोरामाथी आक्रमण भएको उनको भनाइ छ।

घरबाट नजिकको स्वास्थ्य संस्थामा लिँदा त्यताबाट कमलबजार रेफर गरेको र कमलबजारबाट जिल्ला अस्पतालमा पुर्‍याउँदा अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको अस्पतालका डा. मनोज बिष्टले बताए।

‘यहाँ अक्सिजन दिने लगायतका सामान्य उपचारपछि तुरुन्त रेफर गरिसकेका छौँ’ डा. बिष्टले भने । बालकमाथि भएको घटना जिल्ला अस्पताल पुगेपछि थाहा पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायव निरीक्षक टेकबहादुर रावतले बताए ।