बेपत्ता भएका बालकको हत्या ,पुलमुनि जेब्रा झोलामा शव भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बेपत्ता भएका बालकको हत्या ,पुलमुनि जेब्रा झोलामा शव भेटियो



काठमाडौं:काठमाडौंको  गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ ।

दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ । बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै ड्राइभरले अपहरण गरेर एकजना होटल सञ्चालकका छोराको हत्या गरेका हुन् । राजधानीको मित्रनगरस्थित त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुवँरका छोरा ८ वर्षीय प्रयास कुवँरको अपरहणपछि हत्या भएको हो ।

त्रिवेणी गेस्ट हाउसकै गाडी चलाउँदै आएका स्याङ्जाको भीरकोट नगरपालिका निवासी महेन्द्र कार्कीले आफ्नै मालिकाको छोराको मंगलबार अपहरण गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।

‘होटल सञ्चालकका छोराको उनकै ड्राइभरले पैसाका लागि अपहरणपछि हत्या गरी मेहेपीस्थित पुलमुनि जेब्रा झोलामा शव राखेको अवस्थामा भेटियो’, उप्रेतीले भने, ‘प्रारम्भिक अनुसन्धानमा बालकको अहपरण पैसाका लागि गरेको देखिएको छ । हत्यामा संलग्न अभियुक्त पक्राउ परिसकेका छन् ।’

प्रविणले २०६३ सालदेखि मित्रनगरमा त्रिवेणी गेस्ट हाउस चलाउँदै आएका थिए । उप्रेतीका अनुसार कार्कीले घटना पनि स्वीकारिसकेका छन् ।