अपहरित बालकको हत्या, अपहरणकारीमाथि प्रहरीको 'इन्काउन्टर' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अपहरित बालकको हत्या, अपहरणकारीमाथि प्रहरीको ‘इन्काउन्टर’



काठमाडौं– आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर र भक्तपुर परिसरको टोलीले ठिमीको नगदेस भन्ने ठाउँबाट दुई जनालाई पक्राउ गरेको थियो। उनीहरु आइतबार दिउँसो बालकको आमाले चलाउने खाजा घरमा आएको र दिनभरी खेलेर साँझ अपहरण गरेको खुलेको छ। उनीहरु त्यहाँ २÷३ वर्षदेखि नै खाजा खाने गरेको खुलेको छ।

 आइतबार साँझ करिब ६ बजे बालक अपहरणमा परेका थिए। साँझ करिब ८ बजे बालककी आमालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागिएको थियो।

अपहरणकारीहरु अजय तामाङ र गोपाल तामाङ सख्त घाइते भएका हुन्।