बालाजु जेसीजको पदस्थापन सम्पन्न, नयाँ अध्यक्षमा दिपक राज भुसाल - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बालाजु जेसीजको पदस्थापन सम्पन्न, नयाँ अध्यक्षमा दिपक राज भुसाल



 

हिमालपोष्ट/काठमाण्डौ, १६ माघ

बालाजु जेसीजको पहिलो पदस्थापन कार्यक्रम एक समारोहका बिच पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बर्ष २०१७ का अध्यक्ष दिपक राज भुसाल र उनको बोर्डलाइ पदभार हस्तान्तरण गरिएको थियो।

नेपाल जेसीजको निर्वाचन पछि देश भरिका जेसीजहरुले नयाँ नेतृत्व चयन गर्ने क्रममा आइतबार गोँगबुको बिजि मलमा भब्य कार्यक्रम गरि बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेलले दिपकराज भुसाललाई अध्यक्षको पद हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले जेसीज पहिले देखि नै सुनेको तर नजिक बाट बुझ्न् नपाएको भन्दै सहज पद हस्तान्तरण बाट प्रभाबित भएको बताएका थिए। उनले घर देखि समाज ब्यबस्थापनमा जेसीजबाट सिक्नु पर्ने धेरै कुरा रहेको भन्दै तारिफ गर्दै नेतृत्व बिकास र समाज बिकासको लागि जेसिजले अग्रणी भुमिका खेलेको बताए।

कार्यक्रममा बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेलले बिदाइ सम्बोधन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाइ धन्यबाद दिदै नयाँ नेतृत्वलाई शुभकामना ब्यक्त गरेका थिए। त्यस्तै वर्ष २०१७ का अध्यक्ष दिपक राज भुसालले आगामी दिनमा बालाजु जेसीजले समाजलाइ रुपान्तरण गर्ने खालका कार्यक्रम ल्याउने भन्दै भाबी दिनमा नेपाल जेसीजमा पनि बालाजु जेसीजले नेतृत्व लिने घोषणा गरे।

नेपाल जेसीजका पुर्ब अध्यक्ष सुशीलबाबू श्रेष्ठ, नेपाल जेसीजका कोषाध्यक्ष आनन्द अधिकारी, इक्यानका राजेन्द्र बराल, पेशल खतिवडा अतुल प्रसाईं लगाएतले शुभकामना मन्तब्य दिएका थिए। नेपाल जेसीजका विभिन्न पदाधिकारी तथा विभिन्न शाखाका अध्यक्षहरुको उपस्थिती रहेको उक्त कार्यक्रम गोबिन्द खनालले सञ्चालन गरेका थिए।