बाल विवाह विरुद्धको कार्ययोजना निर्माणका लागि छलफल कार्यक्रम सुखडमा सम्पन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बाल विवाह विरुद्धको कार्ययोजना निर्माणका लागि छलफल कार्यक्रम सुखडमा सम्पन्न



विशाल पाण्डेय / सुखड ,कैलाली ।

बाल बिबाह विरुद्धको कार्य योजना निर्माणका लागि सरोकारवालाहरु सङ्ग छलफल कार्यक्रम कैलालीको सुखडमा बिहीबार सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधि , पत्रकार तथा स्थानीय संघसंस्था गरि ३ समुहमा समूह विभाजन गरेर बाल विवाह न्यूनीकरणका लागि कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले बाल विवाह विरुद्धको
कार्य योजना बनाउदा गाउँ घरमा पुगि छलफल गर्नु पर्ने बताउनु भयो । बाल बिवाह न्यूनीकरणका लागि कुनै पनि संस्थाहरुले कार्यक्रम गर्दा बिकट ठाउँमा गरियो भने प्रभावकारी रहने उप प्रमुख थापाले बताउनु भयो ।

बाल विबाह न्यूनीकरणका लागि विभिन्न संघसंस्थाहरुले कमाइ खाने भाडो बनाएको आरोप लगाउदै उप प्रमुख थापाले कमाइ खाने धन्दा गर्न भन्दा पनि घरदैलोमा गएर विभिन्न सकारात्मक कुराहरु गर्नको लागि आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष कमल चौधरीले व्यवहार र सिद्धान्तको तालमेल गराउनुपर्नेमा जोड दिनुभयो । चौधरीले बाल बिबाह न्युनिकरणका लागि अभिभाबकको मुख्य जिम्मेवारी रहेको समेत बताउनुभयो ।
साथै बाल विवाह न्यूनीकरणका लागि के कस्ता कार्यक्रमहरु गरिने भनेर कार्यपालिका बैठकमा कुरा उठाउने बताउदै वडा नं ४ का वडाध्यक्ष टेक बुढाले न्यूनीकरणका लागि गाउँ ठाउँ र समाजमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेर मान्छेको सोचमा पनि परिवर्तन ल्याउन पर्ने बताउनु भयो ।

यस्तै वडा नं ५ का अध्यक्ष प्रेम रोकायाले बाल विवाह न्यूनीकरण सम्बन्धि नीति तथा कार्य योजना बनाउन पर्ने बताउनु भयो । सकारात्मक सोच नआउदा सम्म परीवर्तन नहुने बताउदै वडाध्यक्ष रोकायाले बाल बिबाह न्युनिकरणका लागि सबै मानिसहरूले आ-आफ्नो ठाउँमा सकारात्मक सोचका साथ लागियो भने अवस्य सम्भव हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै वडा नं १० का वडाध्यक्ष भिम बमले बाल विवाह न्यूनीकरणका लागि आफुहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको र आगामी दिनमा पनि आफू लागी पर्ने बताउनु भयो ।

महिला पुर्नस्थापना केन्द्र ओरेक नेपालले आयोजना गरेको छलफल कार्यक्रमलाइ प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग रहेको थियो भने घोडाघोडी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ओरेक नेपाल कैलाली संयोजक बिनु रानाले गर्नु भएको थियो ।