प्रधानमन्त्रीको फोनमा बक्रदृष्टि - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्रीको फोनमा बक्रदृष्टि



प्रधानमन्त्री केपी शर्मा ओलीले श्रलिंकाका प्रधानमन्त्री रनिल विक्रामासिङेलाई गत आइतबार फोन गरेरै बम बिस्पोटको घटनाले आफू दुःखी भएको बताएका छन् । साथै, श्रीलंकाका जनताप्रति सम्वेदना प्रकट गरेका छन् ।

यसअघि यस्ता वक्तव्य परराष्ट्र मन्त्रालयबाट जारी हुने गरेको थियो । परराष्ट्रले विज्ञप्ती जारी गर्दा श्रीलंकामा बम बिस्पोष्टमा मारिनेहरुप्रति शुभकामना ब्यक्त गर्ला भनेरै हतार हतार ओली आफैले त्यहाँका प्रधानमन्त्रीलाई फोन गरेर सम्वेदना ब्यक्त गर्नुपरेको त होइन ? कसो, प्रदीपकुमार ज्ञावली ज्यू ?

यो जानकारी आजको दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’ बाट ।