बाँकेमा गोली चल्यो, १४ वर्षीय बालक घाईते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बाँकेमा गोली चल्यो, १४ वर्षीय बालक घाईते



काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित सुचा गाउँमा शुक्रबार गोली चलेको छ । स्थानिय हिरालाल खुनाले भरुवा बन्दुकबाट प्रहार गरेको गोली लागेर १४ वर्षीय बालक शंकर नेपाली घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

राप्ती सोनारी–१ को जंगलमा हिरालालसहित उनका साथीहरु आशाराम खुना, कृष्ण खुना र मोतिराम खुना शुक्रवार बिहान बँदेलको शिकार गर्न गएका थिए । उनीहरुमध्ये हिरालालले चलाएको गोली राज नेपालीको छोरा शंकर नेपालीलाई लागेको थियो ।

‘गोली चलाउने हिरालाल खुनालाई नियन्त्रणमा लिएका छौं’ डिएसपी सिंहले भने, ‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

घाईते बालक शंकरको सिद्धार्थ अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले हिरालालको साथबाट भरुवा बन्दुक १ थान, १५ राउण्ड गोली, ३२ ओटा छर्रा र बारुद ३ सय ग्राम बरामद गरेको छ ।

लाइसेन्स बिनाको बन्दुक चलाएका हिरालालमाथि हातहतियार तथा खरखजानाविरुद्ध मुद्दा चल्ने बताईएको छ ।