बझाङमा पहिरोले एउटा बस्ती नै बगायो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बझाङमा पहिरोले एउटा बस्ती नै बगायो



फाइल तस्बिर

काठमाडौं- बझाङमा पहिरोले एउटा बस्ती नै बगाएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको हो।

अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताए।

उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। बाटो खोला किनारमा भएको र अत्याधिक वर्षाका कारण ठाउँ–ठाउँमा बाटो भत्किएका कारण प्रहरी घटनास्थल पुगिसकेको छैन।