बजेट नै खारेज हुने सम्भावना - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बजेट नै खारेज हुने सम्भावना



काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै बजेट सार्वजनिक गरेलगत्तै यसको चौतर्फी आलोचना भैरहेको छ । संसद विरुद्धको मुद्दा सर्वोच्च अदालतमा भएकाले संसद पुनर्स्थापना भएको खण्डमा बजेट पनि खारेज हुने चर्चा हुन थालेको छ ।

यस्तैमा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताउँदैयो बजेट खारेज हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भएपछि यो बजेट खारेज हुने तर्क गरेका छन् ।

कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए।

संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ।

कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।