‘बाजेकाे सेकुवा’ साढे ३३ केजी सुन तस्करीमा संलग्न - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

‘बाजेकाे सेकुवा’ साढे ३३ केजी सुन तस्करीमा संलग्न



काठमाडौं-  साढे  ३३ किलो सुन तस्करीमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालकको पनि संलग्नता पुष्टि भएको छ। बाजेको सेकुवाका मालिक चेतन भन्डारी हुन्। सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ।

गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान गरिरहेको छ। सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। केही ‘हाइप्रोफाइल’ व्यक्तिहरुको समेत तस्करीमा संलग्न गिरोहसँग संलग्नता देखिएको स्रोत बताउँछ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएको प्रहरी स्रोतले जनाएको छ। भण्डारी सो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्।

पछिल्लो समयमा चर्चित सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकारीदेखी सुन पसले र वायु सेवा कम्पनीका कर्मचारी समेत तानिएका छन्। अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार साढे ३३ केजी सुन तस्करी गिरोहका नाइके चुणामणी उप्रेतीमार्फत भन्डारीले लगानी गरेका थिए। उप्रेती र भन्डारी नातेदार पनि हुन्।

पछिल्लो समय त्रिभुवन विमानस्थलको बाटो भएर नेपाल भित्रिएको साढे ३३ केजी सुन हराएपछि भरिया सनम शाक्यको हत्या भएको थियो। शाक्यको हत्यापछि हराएको सुनमा प्रहरीको समेत भुमिका श‌ंकास्पद मान्दै गृहमन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिती गठन गरेको थियो। केही ‘हाइप्रोफाइल’ व्यक्तिहरु समेत छानबिनमा तानिन सक्ने बताइन्छ।

सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।