बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश



काठमाडौं– साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुवाका शाखाहरुमा छापा मारी सिलबन्दी गरेको थियो ।