अर्घाखाँचीका सुवोधले ल्याए पञ्चेबाजामा आधारित गीत बाजाको धुन(भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

अर्घाखाँचीका सुवोधले ल्याए पञ्चेबाजामा आधारित गीत बाजाको धुन(भिडियो सहित)



गाजियावाद /भारत 

अर्घाखाँची घर भई हाल रोजगारीको सिलसिलामा भरत उत्तर प्रदेशको गाजियावादमा बस्दै आएका सुबोध पोख्रेलले पञ्चेबाजामा आधारित गीत बाजाको धुन बजारमा ल्याएका छन्  ।

पोख्रेल लामो समयदेखि यहाँ कार्यरत छन् । व्यस्त समयका बाबजुद पनि गीत सङ्गीत प्रतिको उनको लगाव अत्यन्तै उदाहरणीय छ ।दिल्ली र दिल्ली आसपासका ठाउहरुका कार्यक्रममा खास गरी उनी उपस्थिति हुने गर्दछन् ।

प्रवासमा रहेर पनि करिब आधा दर्जन गीतमा स्वर दिई सकेका पोख्रेलको पछिल्लो गीत गान्टे मुला दर्शकले रुचाएका थिए । सोही अनुरूप सुजन म्युजिकको प्रस्तुतिमा उनले पञ्चेबाजामा आधारित बाजाको धुन बजारमा ल्याएका हुन् । जसमा लोक दोहोरी गायिका जमुना रानाले स्वरमा साथ दिएकी छन्  ।लय रानाकै छ भने शब्द हुम गैह्रेको रहेको छ।

गैह्रेकै निर्देशन सम्पादनमा निर्माण गरिएको उक्त भिडियोमा अलिशा ,सुबोध ,सिमरन र रविनको देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ click गर्नुहोस्