देउवाले बोलाएको सर्वदलीय बैठक एकाएक स्थगित
काठमाडौं- वैकल्पिक सरकार गठनको बिषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एकाएक स्थगित भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपालगायत दलका नेताहरुलाई बोलाइएको थियो ।
मंगलबार दिउँसो २ बजे बस्ने गरी देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका थिए । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको थियो ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गर्न लागेको थियो । बैठकमा नयाँ सरकार, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो ।