ओली-प्रचण्डको बैठक सकियो: वरिष्ठ नेताहरूलाई राखेर वार्ता गरिने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली-प्रचण्डको बैठक सकियो: वरिष्ठ नेताहरूलाई राखेर वार्ता गरिने



काठमाडौं- सत्तारुढ दल नेकपामा देखिएको विवाद चरम उत्कर्षमा भैरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ।

सोमबार बालुवाटारमा भएको छलफल सकरात्मक भएको बताइएको छ । दुई अध्यक्षका बीचमा गम्भीर छलफल गर्ने सहमति भएको समेत बताइएको छ ।

आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन वरिष्ठ नेताहरूलाई राखेर दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताएका थिए।

अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले अध्यक्षहरूबिच कुरा भएको बताइएको छ । स्रोतका अनुसार दुई अध्यक्ष र वरिष्ठ नेताहरू बसेर सहमतिको प्रयास गर्ने बताइएको छ ।

दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे बरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको बताएका थिए। उनले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताएका थिए।