स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नै नआउने सम्भावना - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नै नआउने सम्भावना



काठकाडौँ– नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले केन्द्रिय सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सहमति जुट्न नसकेपछि पार्टीको समस्या समाधानको जिम्मा स्थायी कमिटीमा लागिएको छ ।

सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व निर्धारित स्थायी कमिटी बैठक भोलि आइतबार पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा हुने बताएका छन्।

तर स्थायी कमिटीमा प्रधानमन्त्री उपस्थिति अन्योल बनेको छ । यसअघि पनि सचिवालयको बैठक सुरक्षाको कारण देखाएर धुम्बाराहीमा राख्न नसकिने बताएका प्रधानमन्त्री ओलीले स्थायी कमिटिको बैठक राख्ने चासो देखाएका थिएनन ।

स्रोतका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठक राख्ने बिषयमा आपत्ति जनाएका थिए ।

स्रोतका अनुसार सचिवालय बैठक अगाडी भएको दुई अध्यक्षबिचको छलफलमा पनि प्रधानमन्त्रीले स्थायी कमिटि बैठक स्थगित गर्नुपर्ने बताएका थिए ।

उनको चाहनाविपरित भएका बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने गरेकाले भोलीको बैठकमा पनि उनी उपस्थित नहुनसक्ने नेकपाकै नेताहरूले बताएका छन् ।