एमालेको नाराबाजीपछि स्थगित भयो संसद बैठक - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एमालेको नाराबाजीपछि स्थगित भयो संसद बैठक



काठमाडौं- प्रतिनिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरू हुनासाथ प्रतिपक्ष एमालेका सांसदहरूले नारबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्।

एमाले सांसदहरूले ‘पार्टी फुटाउन पाइँदैन, दल फुटाउने षड्यन्त्र बन्द गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर, संसदीय मर्यादा कायम गर।’ भन्ने नारा लगाएका थिए।