नेपाल समुहको केन्द्रीय कमिटि बैठक जारी: ओलीसँग सम्वन्ध विच्छेद गर्न दवाव - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

नेपाल समुहको केन्द्रीय कमिटि बैठक जारी: ओलीसँग सम्वन्ध विच्छेद गर्न दवाव



काठमाडौं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग छुट्टिनै लागेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ ।

भावी रणनीति तय गर्न बिहीबारबाट शुरु भएको एमालेको भर्चुअल बैठकमा बिहीबार बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्दैछन ।
बिहीबारको बैठकमा झण्डै ४० जना केन्द्रीय सदस्यले धारण राखेका थिए ।

बाँकी नेताहरुले आज बोलेपछि बैठक समापन गरिने बताइएको छ । बैठक केहीबेर अघिबाट सुरु भएको छ ।

बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकताका नाममा अध्यक्ष ओलीले अल्मल्याउने प्रयास गरेको भन्दै छिटो निष्कर्षमा पुग्नुपर्ने धारण राखेका थिए ।

बैठकमा धेरैजसो नेताहरूले ओलीसँग मिलेर जान नसकिने भएकाले तत्काल सम्वन्ध विच्छेद गर्न दवाव दिएका थिए । त्यस्तै ओली पक्षका नेतासँग अनौपचारिक वार्ता गरिरहेका केही नेताले केही दिन पर्खनुपर्ने धारणा राखेका थिए ।