प्रचण्डसँग कुरा गर्दागर्दै अकस्मात डाकेका थिए ओलीले मन्त्रिपरिषदको बैठक - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

प्रचण्डसँग कुरा गर्दागर्दै अकस्मात डाकेका थिए ओलीले मन्त्रिपरिषदको बैठक



काठमाडौँ – सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सकिए लगत्तै बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले संसद बिघटन गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैबाट दुई अध्यक्ष छलफलमा जुटेका थिए । तर छलफल सोचेजस्तो दिशामा जान नसकेपछि प्रधानमन्त्री ओलीले अकस्मात मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

अध्यक्ष प्रचण्डसंग छलफल गर्दैगर्दा प्रधानमन्त्री ओलीले सोही समयमै मन्त्रिपरिषदकाे आकस्मिक बैठक डाकेका थिए ।

प्रधानमन्त्री ओली प्रचण्डसँगको छलफलमा व्यस्त भएका कारण मन्त्रिपरिषद बैठकका लागि बालुवाटार पुगेका नेताहरू केहीबेर प्रधानमन्त्री ओलीलाई कुरेर बसेका थिए ।