प्रधानमन्त्रीले गरे स्थायी समिति बैठकमा जान अस्विकार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्रीले गरे स्थायी समिति बैठकमा जान अस्विकार



काठमाडौं- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी समिति बैठक अस्विकार गरेका छन् । स्रोतका अनुसार उनी बैठकमा आउन अस्वीकार गरेका छन् ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकबाट संसद अघिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयपछि ओली बैठकमा आउन मानेका छैनन्।

स्रोतका अनुसार ओलीले साँझ पुनः मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उक्त बैठकमा दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने निर्णय गर्नेछ।

मन्त्रिपरिषद्ले गरेको संसद अधिवेशन अन्त्य गर्ने निर्णय र ओली बैठकमा आउन नमानेपछि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलबीच अहिले छलफल चलिरहेको छ।