तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरे राष्ट्रपतिले डाकेको बैठक - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरे राष्ट्रपतिले डाकेको बैठक



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक तीन जना पूर्वप्रधानमन्त्रीले बहिस्कार गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन् भने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि नजाने भएका छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूसमेतको सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।

सर्वदलीय बैठकमा नेपाल र खनाल दुवै जना सहभागी नहुने एमाले नेता विष्णु रिजालले बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने बताएका थिए। स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनले बताएका हुन्।