बैतडीका युवाको मलेसियामा मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

बैतडीका युवाको मलेसियामा मृत्यु



काठमाडौं- वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए।

जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्। रासस