बैतडीमा बस दुर्घटना, १९ जना घाइते - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बैतडीमा बस दुर्घटना, १९ जना घाइते



बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ-गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका-३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा-६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका-६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । -रासस फाईल तस्बिर