वैशाख पहिलो साता औदैछन सलमान खान नेपालमा
काठमाडौं । भारतीय चर्चित कलाकार सलमान खानको नेपाल आगमन रोकिएको छ । खान फागुन २६ गते शनिबार काठमाडौंमा हुने ‘दबंग’ :द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउने भन्दै आयोजकले प्रचार गरेको थियो ।
ओडीसी इन्टरटेनमेन्टका अनुसार खानको नेपालको कार्यक्रम तत्काललाई स्थगित मात्रै गरिएको हो । एक/दुई दिनमै वैशाख पहिलो साता गर्ने गरी कार्यक्रमको नयाँ मिति घोषणा गरिने भन्दै उसले टिकट सुरक्षित राख्न आग्रह गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी सम्वद्ध अखिल नेपाल सांस्कृतिक महासंघले सांस्कृतिक अतिक्रमण भन्दै कार्यक्रम रोक्न दबाब दिँदै आएको थियो । कार्यक्रम स्थगित गरेकोमा महासंघले खुसी व्यक्त गरेको छ ।
आयोजकले कार्यक्रम स्थगित गर्नुको स्पष्ट कारण भने खुलाएको छैन । बैशाख २६ गते खानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत कलाकार आउने तय भएको थियो ।