वैज्ञानिक वन व्यवस्थापनका नाममा चलखेल भएको भन्दै तरुण दलको ध्यानाकर्षण - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

वैज्ञानिक वन व्यवस्थापनका नाममा चलखेल भएको भन्दै तरुण दलको ध्यानाकर्षण



विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनका नाममा झुठो भ्रम फैलाएको तथा वन क्षेत्रमा माफियातन्त्र मौलाएको भन्दै नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल तरुण दल नगर कार्य समिति मंगलवार डिभिजन वन कार्यलय पहलमानपुरलाई ज्ञापन पत्र बुझाएको छ ।

घोडाघोडी नगर कार्य समितिका अध्यक्ष हरि बुढाद्बारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ,वैज्ञानिक वनको अवधारणा ल्याएर वन भित्रका हरिया रुख काट्ने, वन व्यवस्थापनको नाममा काठ व्यावसायि तथा वन माफिया बिच ठुलो चलखेल भैरहेको उल्लेख गरिएको छ ।

वैज्ञानिक वनको अवधारणा र कार्यविधि का बारेमा उपभोक्तालाई कुनै जानकारी नगराइ प्रती क्युफिट काठ एक हजार रुपैयामा उपभोक्ताहरुलाइ उपलब्ध गराउने प्रलोभनमा पारी सामुदायिक वन समितिका पदाधिकारी, वन कर्मचारी लगाएत वन माफियाहरुको समेत मिलोमतो रहेको हुदा यस कुराले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको नेपाल तरुण दल घोडाघोडी नगर कार्य समितिले ज्ञापनपत्रमा उल्लेख गरेको छ । साथै तत्काल वैज्ञानिक वन कार्ययोजना फिर्ता नलिए चरणवद्ब रुपमा आन्दोलन गर्ने नेपाल तरुण दलले जनाएको छ ।

ज्ञापनपत्रका विषयमा डिभिजन वन कार्यलय पहलमानपुरका वन अधिकृत कृष्ण दत्त भट्टले बैज्ञानिक वन व्यवस्थापनका लागि नेपाल सरकारले नै छुट्टै कार्यविधि तथा निमावली बनाएको हुदा आफुहरुले रोक्न चाहेर नरोकिने भएकाले उपलब्ध विज्ञप्तिलाई सम्बन्धित निकाय सम्म पुर्याउन सहयोग गरिदिने बताएका छन् ।