वैद्य माओवादीले दल्यो नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालो मोसो ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वैद्य माओवादीले दल्यो नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालो मोसो !



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यलयमा कालो मोसो दलेको छ ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारिस गरे लगतै मोहन वैद्यका कार्यकर्ताले कंसाकारलाई कालो मोसो दलेका हुन् ।

लेखा समिति अन्तर्गतको उपसमितिले गरेको सिफारिश पछि मन्त्री रबिन्द्र अधिकारी माथि राजीनामा दिनुपर्ने दबाब बढेको छ ।