वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न कांग्रेसको निर्देशन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न कांग्रेसको निर्देशन



काठमाडौं- नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

ट्विटरमा लेख्दै उनले वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न पनि भनेका छन्।

‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन!,’ उनले लेखेका छन्।

यस्तै उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि उल्लेख गरेका छन्।

कांग्रेसका प्रदेश सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्, गोड्से।