सबै सकिएपछि बैद्य र विजुक्छे नै राजावादी अभियानमा - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

सबै सकिएपछि बैद्य र विजुक्छे नै राजावादी अभियानमा



काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका महासचिव मोहन वैद्य र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्वराजासँग सहकार्य गर्ने भएका छन् । ‘राष्ट्रिय स्वाधिनता जोगाउन’ भन्दै उनीहरूले राजाको साथ् खोजेका हुन् । उनीहरू एमसीसी प्रकरणपछि पूर्वराजाको साथ् खोजेका हुन् ।

वैद्य र विजुक्छेले राजा र राजावादीहरूलाई साथमा लिएर देशको स्वाधिनता बचाउन सकिने भन्दै राजावादीकोको साथ खोज्न थालेका छन्। सार्वजनिक अभिव्यक्तिदेखि अन्तर्वार्तासम्म दुवै नेताले राजाको साथ् चाइएको बताएका छन् । कट्टर कम्युनिस्ट भनेर चिनिएका दुवै नेताहरूले आफ्ना पछिल्ला अन्तर्वार्तामा समेत यस्तो बताउनुलाई अर्थपूर्ण मानिएको छ ।

एक टेलिभिजनमा वैद्यले संसदीय व्यवस्था मान्ने कांग्रेस र कम्युनिस्टबाट राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसक्ने भन्दै राजाबादीलाई साथमा लिएर स्वाधिनता बचाउने बताएका छन् । उनले एमसीसीको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट र राजावादी एक ठाउँमा आउनुपर्ने बताए । उनले राजावादीहरूसँग सहकार्य गर्दा पूर्वाग्रह समेत नराख्ने बताए ।

राजतन्त्रको अन्त्य गर्न भन्दै १० वर्षे ‘जनयुद्ध’लडेकाका शीर्षमध्येका एक नेता वैद्यलेले राजासँग सहकार्य गर्ने बिषयलाई धेरैले आलोचना समेत गरेका छन् ।

‘राष्ट्रिय स्वाधिनताका लागि राजावादी शक्तिहरूसंग एक ठाउँमा आउनुपर्ने परिस्थिति बनेको छ, तर पुरानै किसिमको राजतन्त्र भनेर हुँदैन। राष्ट्रिय स्वाधिनताको निम्ति साँच्चिकै एक ठाउँमा आउनुपर्‍यो। लिपुलेक, लिम्पियाधुरा फर्काउने कि नफर्काउने? एमसीसी खारेज गर्ने कि नगर्ने? एक ठाउँमा आउनुपर्‍यो। अहिले एक ठाउँमा आउने स्थिति भएको छ। यदि राजावादीहरु सहकार्य गर्न आएमा पूर्वाग्रह राखिँदैन,’ वैद्यले भनेका छन् ।

संसद्‍वादी शक्तिहरुबाट देशको भलो नहुने भन्दै बैद्यले सिधै राजासँग सहकार्य गर्न सकिने बताए । उनले भने, ‘देशको साँच्चिकै रक्षा गर्ने हो भने संसद्‍वादी शक्तिहरुबाट हुँदैन। देशभक्त र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु मिलेर एक ‘स्टेप’ अघि बढौँ।’

अर्का चर्का कम्युनिस्ट नेता नारायणमान बिजुक्छेले पनि पछिल्लो समय आफै आलोचित हुनेगरी राजाको साथ् खोजेका छन् । उनले अहिलेको सरकार नै विदेशीले बनाइदिएको भन्दै राजावादीहरूसँग पनि सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले पनि एक अन्तर्वार्तामा अहिलेको सरकार ‘अमेरिकी साम्राज्यवाद’र ‘भारतीय विस्तारवाद’ले बनाएको भन्दै राजा जनताको जीवनशैली अपनाउन तयार भए सहकार्य गर्न सकिने बताए ।

‘चुरो कुरो टिभी’ च्यानलमा दिएको अन्तर्वार्तामा बिजुक्छेले भनेका छन्, ‘राजा र हामीहरु केको निम्ति संघर्ष गर्ने हो? अहिलेको सरकार एमसीसी ल्याउनका लागि अमेरिका र भारतले बनाएको संयुक्त सरकार हो। उनीहरुको विरोधमा अर्थात् मालिकको विरोधमा जान राजा तयार छन् कि छैनन्? उनीहरु गएपछि राजा फेरि जनताको जीवनसँग आउँछन् कि आउँदैनन्? त्यो भएमा सोच्न सकिन्छ।’

उनी नेतृत्वको नेपाल मजदुर किसान पार्टीले राजा हटाउने जनान्दोलनमै भाग लिएको थियो । विजुक्छे राजाको कट्टर विरोधी थिए । तर अहिले भने उनले संसारमा कहीँ पनि कम्युनिस्ट र राजाबीच भिडन्त नभएको भन्दै उनी राजाको साथ् खोजेका छन् ।

नेपालका कम्युनिस्ट पार्टी तथा नेताहरुलाई तत्कालीन अवस्थामा बाध्यताले राजतन्त्रलाई स्वीकार गरेको भए पनि मूलतः गणतन्त्रवादी शक्तिको रुपमा चित्रित गरिन्थ्यो। तर, बिजुक्छेले भने संसारमा कहीँ पनि कम्युनिस्ट र राजाबीच भिडन्त नभएको पुष्टि गर्न खोजेका छन्। जबकि, गणतन्त्र प्राप्तीको निम्ति जनवैधता प्राप्त घटना मानिने दोस्रो जनआन्दोलनका उनी एक जना सहयात्री पनि हुन्। जनआन्दोलनका आयोजक तत्कालीन सात दल र माओवादीमध्ये एक दल उनी नेतृत्वको नेमकिपा पनि थियो।

यसरी राजतन्त्र फाल्न भएका दुई संघर्षमा सहभागी दुई नेताले नै राष्ट्रिय स्वाधिनता भन्दै राजतन्त्र ल्याउन सकिने र राजाको आवस्यकता रहेको भन्दै फलाक्न थालेपछि उनीहरूको आलोचना आफ्नै पार्टीभित्र हुन थालेको छ । दुई कट्टर कम्युनिस्ट नेताहरूको यो पछिल्लो अभिव्यक्तिले राजावादी भने उत्साहित बनेका छन् ।