मोहन बैद्यले गरे प्रचण्डको खुलेर बिरोध - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मोहन बैद्यले गरे प्रचण्डको खुलेर बिरोध



रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गरेका छन्  ।

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप उनले लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको बताए ।

वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको बताए । वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरे ।