वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँ ऋण,आवेदन फारम भर्नुहोस् - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँ ऋण,आवेदन फारम भर्नुहोस्



काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँसम्म ऋण दिन सरकारले आवेदन मागेको छ। ऋण दिने प्रक्रिया सुरु भएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पनि यसका लागि आवेदन मागेको छ। विदेशमा काम गरेर फर्किएका र यही स्वरोजगार बन्न उद्यम गर्न चाहनेले बोर्डमा आवेदन दिन सक्ने भएका छन्।

यसका लागि पुस मसान्तसम्म आवेदन दिन सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ। आवेदन फारम बोर्डको वेवसाइट http://fepb.gov.np/ मा प्राप्त गर्न सकिने छ।