वैदेशिक राेजगारीकाे लाेभमा बेचिनबाट जोगिएका महिला भन्छन्  , 'जस्तो काम भए पनि नेपालमै गर्छौ' - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

वैदेशिक राेजगारीकाे लाेभमा बेचिनबाट जोगिएका महिला भन्छन्  , ‘जस्तो काम भए पनि नेपालमै गर्छौ’



काठमाडौं । भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे ।

देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो ।एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् ।

दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ सात दिन राखिएको थियो ।म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् । फाइल तस्बिर :